नबोलाउ अब मलाई मैलेपाईला मोडिसके।
तिमीबिना नरमाइलो लाग्ने ठांउ छोडिसके।
काहा जाउ कसो गरम तिम्रो माया मुटुभरी।
सक्दिनम तिमी भुल्न यादआछ्यौ घरीघरी।
संझनाको तरेलिमा सुन्दर मनका अनुभूति।
फक्रिएका मनफूल सजाई राख्छु टिपेजति।
नतसंधै तिम्रो मनमा मैले आकार दिनसके।
नततिम्ले खोजेजस्तै जीवन प्रकार दिनसके।
तिम्रोमेरो भेटघाट गोधुलीझै छ्यणिकभयौ।
अति राम्रो बेॠतुको फूलसरी फूल्यौ झर्यौ।
तिम्रोन्यानो तिम्रैसाथ भावनायो समर्पणमा।
मनरोएको आंशु थोपा तिम्रैलागि अर्पणमा।
सुन्दर नरम रोजाईको मेरो मनै तिमी गयौ।
नमागेरै संपूर्णता सुम्प्यौ मेरो पाप्ति भयौ।
सिमलफूल्यो कोयाफुट्यो भूवाहरु उडिगए।
पिंडालुको पातमा पानी सरी साथ गुडिगए।
लेख्तिन म तिम्रोमाया भन्दाभन्दै लेखिसकें।
लेख्नु पर्ने लेखिएन शब्द ज्यादा लेखिसकें।
मधुवन पाैडेल
No comments:
Post a Comment