सांच्चै मज्जा हुदोरैछ उनीसंगै रुझ्न।
मौनतामै मनले धेरै बोलिराको बुझ्न।
पानी थोपा सरीर हुदै झर्दा अंग अंग।
दुईटा मन भित्र भित्रै कल्पनामा दंग।
केकेहुने कताकता कति मीठो लाज।
उनीसित सतचूर्णै भिजेँ अर्कै आज।
अंगालिदै सम्हाल्लिदै पलपल हामी।
बिताइरह्यौ पलहरु मन छामिछामि।
मधुवन पाैडेल
No comments:
Post a Comment