Welcom

Sunday, April 5, 2015

मेरो पनि मनै नहो केके मात्र हुन्छ।

चैतसंग धर्तीपनि मख्खपरी भुल्छे।
गुलाफ र लालुपाते फूलसंग फूल्छे।
मन्दमन्द वायुचल्छ बास्नाहरु छर्दै।
यौवनाको अधरभरी रङ्गहरु भर्दै।
नतजाडो नतगर्मी गोधुलिमा सांझ।
आतुरछन यौवनको बुझ्नलाईराज।
चराहरु पिरतीको मीठोगीत गाउदै।
कराउछन थरी थरी प्रिय बोलाउदै।
जाहातही उमंगीत प्रकृतिको स्पर्श।
जता जान्छु उतैतिर मन चोर्ने दृष्य।
मेरो पनि मनै नहो केके मात्र हुन्छ।
उहीमन उसैगरी उनकै न्यानोचुन्छ।

No comments: