Welcom

Friday, April 8, 2016

कति फूलहरू गर्भवती भए मैले देख्दा देख्दा देख्दै यो चैत महिनामा

निबृत्त हुदा त जीवन सुनसान जंगलको शान्त तलाउ जस्तै हुने रहेछ । म आज भोली निकै संलिएको पानी जस्तै भाछु कंचन । हुनत मलाई बेगले बग्नु पनि छैन । किन धमिलिउ? अनि ध्यानमा बरफ झै जान्नु पनि छैन । मनको मर्जी समयसंगै संगलिन छोडिदिए को छु आफूलाई । न आग्रह छ न पूर्वाग्रह । न लिनु छ कोही कसैसंग न दिनु । न आश न त्रास । तैपनि मनै त हो बहकिन्छ मेरो पनि यदाकदा बिरलै । लागेको लामो बानी न हो । त्यसैले आफूलाई मन परेको सौन्दर्यको नशा पिउछु एकलै बसेर धितमर्ने गरी । सायद यही यौटा मेरो कमलो कमजोरी हो क्यारे । मेरो कमजोरी भनौ या सौन्दर्यको आकर्षक गुरूत्वाकर्षण भनौ । यो सौन्दर्यको मतमताउदो रसमा मेरो रसना नभिजेको सायद सांझ पनि छैन । जताततै देख्छु अनि सोच्छु किन यी सबै सुन्दर दृष्यहरु बातावरण नै मगमगाउदो गरी यति बिघ्न कामुक भएर फूलझै फक्रिरहेका ? मत प्रत्तेक सौन्दर्य आतुर देख्छु सौन्दर्यको गर्भधारण गर्न अनि अनन्त सौन्दर्य जन्माउन । कति फूलहरू गर्भवती भए मैले देख्दा देख्दा देख्दै यो चैत महिनामा । यति मीठो र रमाईलो यो जीवन र जगतमा प्रकृतिको यति सुन्दर लिला भित्रको लिला म कसरी पसुं कुरूप दूलो भित्र । मत लुक्छु यति कतै यही धर्तीको मनपरेको सौन्दर्यको बर्को ओडेर ।

तिमी केही वर सर्दा वांकी अरू म सर्दथे। तिमी फूल्दा तरेलीमा सीतबनि म झर्दथे।

संझना त आउछ नि है एउटै मन भाको। 
कति मीठो माया मोह बांडी चूंडी लाको।
फूल जस्तै फक्रिएकी मगमगाउदी वास।
आकर्षण र समर्पणमा मेरी थियौ खास।
मुस्कान अनि स्वीकृतिमा मन जूर्मुराको।
झनै याद आउछ मलाई होस लरबराको।
मेटिएका हामीविच चित्रअनि नक्शाहरू।
झनैमीठो संझनाछ बफिएका वास्नाहरू।
तिमी केही वर सर्दा वांकी अरू म सर्दथे।
तिमी फूल्दा तरेलीमा सीतबनि म झर्दथे।
विर्सन्न म तिमीसंग यौटै आकार भएको।
ज्यादै मीठो अति सुखद अनुभूति पाको।

Tuesday, February 23, 2016

यै मायाको उज्यालोमा तिम्रो रूप हेरी।

खै किन हो आज तिम्रो धेरै याद आयो। 
यो मनले छानिछानि तिम्रै याद ल्यायो ।
कति निको बाडुली यो तिम्रो संझनाको।
मनै देखि मिसिएर हामी आकार भाको।
हाम्रो माया अजम्बरी मर्दैन कि क्याहो।
छातिसंग चिप्किराछ झर्दैन कि क्याहो।
यै मायाको उज्यालोमा तिम्रो रूप हेरी।
संझिदैमा खुसी हुन्छु तिमी भाकी मेरी।
संधै लाग्छ तिम्रै छेउमा स्वर्गै झरे सरी।
देउतै आई मेरो छेउ तिमीसंग बसेसरी।
मेरोलागि यति धेरै अनुकूल तिमी हुदा।
मायालाग्छ अत्याधिकै तिमी संझिईदा

निन्द्रा लागेन


आज मलाई निन्द्रा लागेन । यो जीवनको उत्तरार्ध तिरको जीवन यात्रा भएर होला सायद । जीवन बिचित्र छ । मूर्त भैकन पनि अमूर्त चित्र जस्तो छ । न छाम्न सकिन्छ न देख्न सकिन्छ । बन्दकोबि छोडाए जस्तो । अतिनै क्लिष्ट आफू एक्लैले मात्र पढेर बुझ्नै नसकिने । किताब भित्र पनि अलिखित पानाहरूको ठेली किताब पो रहेछ जीवन । संधै समयलाई साथ लिएर उसैको चस्मा लगाएर प्रत्तेक पल र क्षणले लेखेका अक्षरहरू समयसंग सोधि सोधि कनिकुथि त्यो पनि सुक्ष्म ध्यान दिएर पढन खोज्दा त यस्तो कठीन छ बुझ्न मलाई नै मेरो जीवन र मेरै मन भने अरूले बुझिदिएन भनेर के गुनासो गर्नु ? अह अब म आजबाट कसैसंग कुनै गुनासो र अपेक्षा नगरेरै आफ्नु बांकि जीवन यात्रा पुरा गर्ने मन गरे । मैले आज सम्म कहिल्यै तृप्त नहुने तृष्णारूपी अपेक्षा पूरा गर्दा गर्दै आफ्नै देह जीर्ण र थोत्रो गराए । धन्य भगवान यति खेर सोचे । तिमीले मान्छेलाई सोच्ने शक्ति दिएर मान्छे बनाई दिएका रहेछौ रत हरेक मान्छेले आ-आफ्नो बिचार सोच्न पाईराखेका छन । सायद तिम्रो कृपा हुन आटेर होकि यो शान्त रातमा पनि मलाई निन्द्रा लागेन आज । हो म यो जीवनको अपेक्षा खाएर भोगेर अघाए जस्तो अनुभव गरिराछु क्रमश: । कृपया प्रभू यो सिलसिला खण्डित नहोस मलाई यथेष्ट हुनेछ । भो अब मलाई धर्तीसंग प्रेम गर्नु छैन म आकाससंग प्रेम गरेर निर्बाध र निशंकोच अनन्त यात्रा उडनु छ । धर्तीसंग प्रेम गरेर उसको गुरूत्व आकर्णषमा हरियो दांत देखाएर कैद हुनु छैन मलाई । भो पुग्यो अब यो जमीन

Tuesday, January 12, 2016

अाजकाे मन

 सक्दिन म तिमीलाइ अडकलेर माया गर्न । 
सक्दिन म तिमी रूंदा खटाएर आँशु झार्न ।
थामिदैन मेरो मन मुस्कुराउने सीपसित । 
अडकलेर पग्लिन्न म आगो सरी रुपसित ।।
अडीएर सक्दिन म सोच्न तिम्ले डाकेपछि ।
टुक्रिन्न म तिमीसित हासि हासि मागे पछि ।।

 गांसे मैले प्रिय नाता तिम्ले गांसौ भनेपछि ।
हासीरहे मीठो हासो संगै हासौं भनेपछि ।।
आउ बांचौ प्यारो जीवन दुईमन मिसिएर ।
मृत्युसित जानै पर्छ एकदिन हामी छुट्टिएर ।।

Wednesday, October 14, 2015

पैसा

अचम्म छ याे पैसा पनि । अाफूसंग छ त अानन्द लाग्छ तर जब अाफूसंग छैन त दिक्क लाग्छ । किन यस्ताे हुन्छ हाेला ।

लागिपरेका छाै यही पैसाकाे लागि सवै कुरा किन्दैन भन्दछन् पैसाले तर खाेइ किन सवै कुरा त यही पैसा नै रहेछ । कति गाराे छ याे कमाउनलार्इ तर कति सजिलै उड्छ याे पैसा ।

पैसाकाे मूठाे वगलिमा छ मन खुस छैन त सारै दुःख कहिले हुन्छ हाेला यस्ताे अानन्द ।

Tuesday, April 7, 2015

लेख्नु पर्ने लेखिएन शब्द ज्यादा लेखिसकें।

नबोलाउ अब मलाई मैलेपाईला मोडिसके। 
तिमीबिना नरमाइलो लाग्ने ठांउ छोडिसके। 
काहा जाउ कसो गरम तिम्रो माया मुटुभरी। 
सक्दिनम तिमी भुल्न यादआछ्यौ घरीघरी। 
संझनाको तरेलिमा सुन्दर मनका अनुभूति।
फक्रिएका मनफूल सजाई राख्छु टिपेजति। 
नतसंधै तिम्रो मनमा मैले आकार दिनसके। 
नततिम्ले खोजेजस्तै जीवन प्रकार दिनसके। 
तिम्रोमेरो भेटघाट गोधुलीझै छ्यणिकभयौ। 
अति राम्रो बेॠतुको फूलसरी फूल्यौ झर्यौ। 
तिम्रोन्यानो तिम्रैसाथ भावनायो समर्पणमा।
मनरोएको आंशु थोपा तिम्रैलागि अर्पणमा। 
सुन्दर नरम रोजाईको मेरो मनै तिमी गयौ। 
नमागेरै संपूर्णता सुम्प्यौ मेरो पाप्ति भयौ। 
सिमलफूल्यो कोयाफुट्यो भूवाहरु उडिगए। 
पिंडालुको पातमा पानी सरी साथ गुडिगए।
 लेख्तिन म तिम्रोमाया भन्दाभन्दै लेखिसकें। 
लेख्नु पर्ने लेखिएन शब्द ज्यादा लेखिसकें।
मधुवन पाैडेल