Its my Rough that I write when I am free. Not Related to any subject, topic or title its just my time pass.
Welcom
Tuesday, February 23, 2016
निन्द्रा लागेन
आज मलाई निन्द्रा लागेन । यो जीवनको उत्तरार्ध तिरको जीवन यात्रा भएर होला सायद । जीवन बिचित्र छ । मूर्त भैकन पनि अमूर्त चित्र जस्तो छ । न छाम्न सकिन्छ न देख्न सकिन्छ । बन्दकोबि छोडाए जस्तो । अतिनै क्लिष्ट आफू एक्लैले मात्र पढेर बुझ्नै नसकिने । किताब भित्र पनि अलिखित पानाहरूको ठेली किताब पो रहेछ जीवन । संधै समयलाई साथ लिएर उसैको चस्मा लगाएर प्रत्तेक पल र क्षणले लेखेका अक्षरहरू समयसंग सोधि सोधि कनिकुथि त्यो पनि सुक्ष्म ध्यान दिएर पढन खोज्दा त यस्तो कठीन छ बुझ्न मलाई नै मेरो जीवन र मेरै मन भने अरूले बुझिदिएन भनेर के गुनासो गर्नु ? अह अब म आजबाट कसैसंग कुनै गुनासो र अपेक्षा नगरेरै आफ्नु बांकि जीवन यात्रा पुरा गर्ने मन गरे । मैले आज सम्म कहिल्यै तृप्त नहुने तृष्णारूपी अपेक्षा पूरा गर्दा गर्दै आफ्नै देह जीर्ण र थोत्रो गराए । धन्य भगवान यति खेर सोचे । तिमीले मान्छेलाई सोच्ने शक्ति दिएर मान्छे बनाई दिएका रहेछौ रत हरेक मान्छेले आ-आफ्नो बिचार सोच्न पाईराखेका छन । सायद तिम्रो कृपा हुन आटेर होकि यो शान्त रातमा पनि मलाई निन्द्रा लागेन आज । हो म यो जीवनको अपेक्षा खाएर भोगेर अघाए जस्तो अनुभव गरिराछु क्रमश: । कृपया प्रभू यो सिलसिला खण्डित नहोस मलाई यथेष्ट हुनेछ । भो अब मलाई धर्तीसंग प्रेम गर्नु छैन म आकाससंग प्रेम गरेर निर्बाध र निशंकोच अनन्त यात्रा उडनु छ । धर्तीसंग प्रेम गरेर उसको गुरूत्व आकर्णषमा हरियो दांत देखाएर कैद हुनु छैन मलाई । भो पुग्यो अब यो जमीन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment