खै किन हो आज तिम्रो धेरै याद आयो।
यो मनले छानिछानि तिम्रै याद ल्यायो ।
कति निको बाडुली यो तिम्रो संझनाको।
मनै देखि मिसिएर हामी आकार भाको।
हाम्रो माया अजम्बरी मर्दैन कि क्याहो।
छातिसंग चिप्किराछ झर्दैन कि क्याहो।
यै मायाको उज्यालोमा तिम्रो रूप हेरी।
संझिदैमा खुसी हुन्छु तिमी भाकी मेरी।
संधै लाग्छ तिम्रै छेउमा स्वर्गै झरे सरी।
देउतै आई मेरो छेउ तिमीसंग बसेसरी।
मेरोलागि यति धेरै अनुकूल तिमी हुदा।
मायालाग्छ अत्याधिकै तिमी संझिईदा
Its my Rough that I write when I am free. Not Related to any subject, topic or title its just my time pass.
Welcom
Tuesday, February 23, 2016
निन्द्रा लागेन
आज मलाई निन्द्रा लागेन । यो जीवनको उत्तरार्ध तिरको जीवन यात्रा भएर होला सायद । जीवन बिचित्र छ । मूर्त भैकन पनि अमूर्त चित्र जस्तो छ । न छाम्न सकिन्छ न देख्न सकिन्छ । बन्दकोबि छोडाए जस्तो । अतिनै क्लिष्ट आफू एक्लैले मात्र पढेर बुझ्नै नसकिने । किताब भित्र पनि अलिखित पानाहरूको ठेली किताब पो रहेछ जीवन । संधै समयलाई साथ लिएर उसैको चस्मा लगाएर प्रत्तेक पल र क्षणले लेखेका अक्षरहरू समयसंग सोधि सोधि कनिकुथि त्यो पनि सुक्ष्म ध्यान दिएर पढन खोज्दा त यस्तो कठीन छ बुझ्न मलाई नै मेरो जीवन र मेरै मन भने अरूले बुझिदिएन भनेर के गुनासो गर्नु ? अह अब म आजबाट कसैसंग कुनै गुनासो र अपेक्षा नगरेरै आफ्नु बांकि जीवन यात्रा पुरा गर्ने मन गरे । मैले आज सम्म कहिल्यै तृप्त नहुने तृष्णारूपी अपेक्षा पूरा गर्दा गर्दै आफ्नै देह जीर्ण र थोत्रो गराए । धन्य भगवान यति खेर सोचे । तिमीले मान्छेलाई सोच्ने शक्ति दिएर मान्छे बनाई दिएका रहेछौ रत हरेक मान्छेले आ-आफ्नो बिचार सोच्न पाईराखेका छन । सायद तिम्रो कृपा हुन आटेर होकि यो शान्त रातमा पनि मलाई निन्द्रा लागेन आज । हो म यो जीवनको अपेक्षा खाएर भोगेर अघाए जस्तो अनुभव गरिराछु क्रमश: । कृपया प्रभू यो सिलसिला खण्डित नहोस मलाई यथेष्ट हुनेछ । भो अब मलाई धर्तीसंग प्रेम गर्नु छैन म आकाससंग प्रेम गरेर निर्बाध र निशंकोच अनन्त यात्रा उडनु छ । धर्तीसंग प्रेम गरेर उसको गुरूत्व आकर्णषमा हरियो दांत देखाएर कैद हुनु छैन मलाई । भो पुग्यो अब यो जमीन
Subscribe to:
Posts (Atom)