Welcom

Monday, September 15, 2014

यौवनको मीठो वास्ना हर हर उडाएर

कति राम्रो फूलेकि छ्यौ मनै फुकाएर
यौवनको मीठो वास्ना हर हर उडाएर
झनै राम्रो मुस्काएकि भाका लुकाएर
मेरो मन गलाई दियौ नजर झुकाएर 

आफैंसंग ढांटी मान्छे अरुसंग बिश्वाश बाड्छ।

मानिस गलत हुन सक्छ माया गलत हुदै हुन्न।
प्राय जसो मान्छेले नै गल्ति गर्छ मान्छे चिन्न।
आफैंसंग ढांटी मान्छे अरुसंग बिश्वाश बाड्छ।
त्यस्तै मान्छे प्राप्ति पछि अलपत्रपारी छाड्छ।

रंगी चङ्गी यै रंगमा कति जूनि जन्म्यौ

आज मेरो मनमा यस्तो याद झल्कियो 
हाम्रो प्यारो जीन्दगीको घाम ढल्कियो।
तिम्रोमेरो भागदौड जीवन जिजीविषा।
अनौठोयो मायामोह जीवन एकआशा।
रंगी चङ्गी यै रंगमा कति जूनि जन्म्यौ
मायामोह संगैलिई जीवनबाट अन्म्यौ। 
अमुल्य यो विवेकको उर्जा खेरफालि।
सपनासितै रमाएछौ विपना खेरहालि प्रिय 
अझै अबेर छैन मिहीनेत गर्नसके छातिभित्र 
विवेकरूपि अमृत भर्नसके

दुईटा थुङ्गा मनको फूल तिमीलाई अर्पिएर।
उकुसमुकुस भावना सब तिमीलाइ सुम्पिएर।
मेरो ईचछा आफूलाई तिम्रो निम्ति सकाउने।
मेरो मनलाई सिमलको भुवा जस्तै उडाउने।
बिताउने पल पल जीवन तिमीसितै मेटिएर।
यस्तै जीवन हांसी बाच्ने तिमीसितै रित्तिएर।
केनै छर जीवनलिला कुनै दिनत छुटनै पर्छ । आफन्त र सबै प्यारासित हामी फुट्नै पर्छ।
जीन्दगी यो मृगतृष्णा जन्म मृत्यु भन्दा पर।
बनाउने नित्य प्रयास सुन्दर सानु एउटा घर।

अनौठोयो मायामोह जीवन एकआशा।

आज मेरो मनमा यस्तो याद झल्कियो 
हाम्रो प्यारो जीन्दगीको घाम ढल्कियो।
तिम्रोमेरो भागदौड जीवन जिजीविषा।
अनौठोयो मायामोह जीवन एकआशा।
रंगी चङ्गी यै रंगमा कति जूनि जन्म्यौ
मायामोह संगैलिई जीवनबाट अन्म्यौ। 
अमुल्य यो विवेकको उर्जा खेरफालि।
सपनासितै रमाएछौ विपना खेरहालि प्रिय 
अझै अबेर छैन मिहीनेत गर्नसके छातिभित्र 
विवेकरूपि अमृत भर्नसके

Saturday, September 13, 2014

सचेत हुन्छु दुख्ला कित भनि तिम्रो मन

I take care of your heart don't worry my dear
Welath for me is to make you happy
I don't have any aim except you
I don't have ability to be far from you
Love is the light tha makes life bright
In the Ocean of Help we can find pearls
Come on dear lets play together
throwing all the jealously and hateness
Is there any connection or not in this world
I invite you come on lets fight with

सचेत हुन्छु दुख्ला कित भनि तिम्रो मन
पार्नपाए तिम्लाई खुसि त्यै हो ठूलो धन
तिमी बाहेक अन्त: मेरो काही छैन लक्ष
कहा मेरो तिमीबाट टाढीएर बांच्ने गच्छ
मायानै हो चहकिलो पार्ने जीवन ज्योति

सहयोगको सागरमा हुन्छ जीवन मोती
आउ प्रिय हाँसौ खेलौ माया बांडीबांडी
जीवनको कालोबादल ईर्श्यासबै फांडी
यस्तो संयोग हुन्छहुन्न जीवनजगतसंग
आउ लडौ मिलीजुली नियतिको जङ्ग