Welcom

Saturday, May 31, 2014

३.सन्तुलन

यो समाज, यो संसार बिचित्रै रैछ । सबै मान्छे एकै किसिमको भइदिए यहाँ कस्तो शान्ति हुन्छ जस्तो मलाई लागेको थियो । तर यहाँ यस्तो हुँदो रहेन छ । जीवन यो संसार एउटा तराजु जस्तो रैछ । एकातिर राम्रो भए अर्कोतिर नराम्ररो हुनुपर्ने नत्र सन्तुलित हुन गाह्रो ।

मैले अलिकति दुःख सहेर वा गर्दिएर कसैलाई खुसी मिल्छ भने किन नगर्ने भन्ने मेरो मान्यता हो । तर यहाँ ‍यस्ता पनि मान्छे छन् जो कुनै पनि कुरालाई राम्रो नजरले हर्दैनन् । 

एक दिन आउदै थिए बाटोमा एकजना स्कूलको भाइ लडेर हिड्न नस्कने भएको रैछ । आउ म घर लगिदिन्छु भनेर घर लगिदिए । पानी परिरहेको थियो । घरसम्म लगेर छोडिदिए । मन खुसी भयो आज कसैलाई मद्दत गर्न पाए । घर आएँ । त्यसको २, ३ दिन पछि थाहा पाए  कि त्यो घरको मान्छे ले त "त्यो मोटरसाइकल वालाले हान्दियो होला अनि घरसम्म ल्याइदियो" । 

कसैको भलो गर्नु पनि नहुने भैसक्यो यहाँ । 

मान्छे थरिथरिका, कसरी यो संसार सन्तुलनमा राखिराखेको छौ हे भगवान!!!!!!!!!!!!!!!

Tuesday, May 27, 2014

२‍.आज के देखियो त? इन्द्रेणी ।



वर्षायामको शुरुवात भएको अनुभव हुन थाल्यो । घाम र पानीको सम्मीश्रणले इन्द्रेणी बन्यो । मैले जाने अनुसार घामको प्रकाश पानीमा टल्केको कारणले इन्द्रेणी बन्छ ।

इन्द्रेणीमा रड.हरु भएजस्तै जीवन पनि धेरै रड.हरु भरिदैँ जाँदो रहेछ । आज यहाँ छु त भोलि कहाँ पुग्छु केही थाहा नहुदो रहेछ । धेरै समयको लागि हेरौ न त भन्दा नि एकै छिनमा विलिन हुदो रहेछ । यस्तै छोटो जिन्दगीको चोला वोकेर एकछिन हाम्रो उपस्थिति देखाउन यो सन्सार टेक्ने हामी के नै गर्न सक्दो रहेछौ र? हामी त रोबट जस्तो अरुको रिमोटको भरमा चल्नु पर्ने ।

भोग्नु पर्ने कुरामा खासै केही भोगिएन । अफिसको लागि अलि हतार थियो । तर निर्धारित समयमा पुगेँ ।


Monday, May 26, 2014

१‍‍.मैले जे देखेँ

भग्वानले बनाइदिए आँखा । आज हिड्दै छु, कुद्दै छु र अझ अगाडि बढ्ने चाहना त छ । तर समयले कहाँ पुर्याउने हो थाहा छैन । यो हिँडाइमा, यो यात्रामा जे जे कुरा देख्ने छु, भोग्ने छु र गर्ने छु त्यो लेख्ने प्रयास भनौ वा जमर्को गर्दै छु । कतिसम्म सक्छु त थाहा छैन तर सकुन्जेल लेख्न छोड्दिन ।
आजलाई यति नै!!!!!!!!!!